उत्तरपुस्तिकाको शुल्क पुनरावलोकन गर्न नसकिने स्पोष्टोक्ति

काठमाडौं । विद्यार्थीले उत्तरपुस्तिका हेर्दा र प्रतिलिपि लिँदा लाग्ने शुल्क पुनरावलोकन गर्न नसकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

शैक्षिक प्रशासन तथा संगठनसम्बन्धी नियम २०५० अनुसार कार्यकारी परिषदले शुल्क तोकेकाले त्यसलाई पुनरावलोकन गर्न नसकिने भन्दै त्रिविको रजिष्ट्रार कार्यालयले राष्ट्रिय सूचना आयोगलाई पत्र लेखेको छ ।

उत्तरपुस्तिका हेर्न र प्रतिलिपि लिन लाग्ने शुल्क पुनरावलोकनको माग गर्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन परेपछि आयोगले त्रिविको जवाफ मागेको थियो ।

आयोगले २०७१ साल असार २४ गते नै उत्तरपुस्तिकाको प्रतिलिपी लिन, उत्तरपुस्तिका हेर्न र ती प्रक्रिया पूरा गर्दा पालना गर्नुपर्ने सर्त पुनरावलोकन गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको थियो । तर, त्रिविले कार्यान्वयन गरेको थिएन ।

हेर्नुहोस् त्रिविले सूचना आयोगमा पठाएको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?