गुणस्तरको मापदण्ड मिचेर उत्पादन गर्ने ७४ उद्योग कारवाहीमा

काठमाडौं । तोकिएको मापदण्ड भन्दाबाहिर गएर र गुणस्तरको मापदण्ड मिचेर उत्पादन गर्ने ७४ उद्योगलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ ।

आर्थिक बर्ष २०७५/७६ मा विभागले निर्माणजन्य उद्योग र खाद्य वस्तु उत्पादकलाई कारवाहीे गरेको हो ।

कारवाहीमा पर्ने उद्योगमध्ये ३० वटा सिमेन्ट उद्योग, १० वटा स्टिल उद्योग, ३ वटा खाने तेल उद्योगसहित ७४ वटा विभिन्न उद्योग रहेका छन् ।

विभागका अनुसार पीपीसी सिमेन्टमा २५ प्रतिशतसम्म खरानी मिसावट गर्न पाइने व्यवस्था रहेको भए पनि परीक्षणको क्रममा ४० प्रतिशतसम्म खरानी मिसावट गरेको पाइएको विभागका सूचना अधिकारी दीपक ज्ञवालीले बताए ।

गुणस्तरको मापदण्ड मिचेर उत्पादन गरेका उद्योगको विभागले उत्पादन इजाजत पत्र स्थगन गरेको थियो । तर त्यस्ता उद्योगको दुई महिनापश्चात् उत्पादन इजाजत पत्रको स्थगन फुकुवा गरेको थियो ।

अन्य खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरुले भने अघुलनशील पदार्थ (आईआर) को मान नेपाल गुणस्तर ४९ अनुसार नरहेको पाइएकोले उक्त ब्याचका उत्पादन बजारबाट फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पनि पत्रचार गरेको गुणस्तर नियन्त्रण तथा नापतौल विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?