मकवानपुरमा लागुऔषधसहित दुई पक्राउ

काठमाडौं । मकवानपुर प्रहरीले ११२ किलोग्राम लागुऔषध ९गाँजा० सहित मिनी ट्रक र गाँजा कारोबारमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

हेटौँडा-१० बसपार्कबाट वीरगन्जतर्फ जाँदै गरेको बा ५ ख १८२५ नंको मिनीट्रकमा ५९ किलो ५८० ग्राम गाँजा फेला परेकाले मिनीट्रकसहित ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका-६ बस्ने वर्ष २० का भिमसेन मोक्तान र सोही ट्रकमा सवार वर्ष २६ का रोशन लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी हेटौँडा १९ नेवारपानी बीचटोलस्थित धानखेतमा लुकाएर राखिएको गाँजा प्रहरीले बरामद गरेको छ ।

ओसारपसार गर्ने उद्देश्यले कालो प्लाष्टिकमा प्याकिङ गरेर राखिराखेको अवस्थामा ५३ किलोग्राम गाँजा बरामद गरिएको र यसमा सम्लग्न व्यक्तिबारे खोजबिन भइरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?