प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक शुक्रबार ३ बजे बस्ने गरि स्थगित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहिबार अपरान्हका लागि बोलाईएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि शुक्रबारसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीलाई ज्वरो आएको जानकारी दिनुभयो ।

विहिबार अपरान्ह ३ बजेका लागि सचिवालय बैठक बोलाईएको थियो । स्थगित बैठक शुक्रबार ३ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?