पेट्रोलियम पदार्थमा पूरानै मूल्य कायम गर्न गजुरेलको माग

काठमाडौं, १८ पुस । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेलले सरकारले गरेको मूल्य वृद्धिले जनताको दैनिकी झनै कष्टकर पारेको भन्दै तत्काल फिर्ता गर्न माग गरेका छन् सो पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट विज्ञप्ति जारी गर्दै गजुरेलले सरकारले पटक पटक डिजेल, पेट्रोल, खाना पकाउने ग्याँसको मूल्य वृद्धि गरेर जनताको दैनिक जीवनलाई नराम्रोसँग प्रभावित पार्ने र कष्टकर बनाउने काम गरिरहेको बताएका छन् ‘गएराति १२ बजेदेखि लागू हुनेगरी गरिएको मूल्यवृद्धिले जनताको दैनिकीलाई झनै कष्टकर बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी यसको घोर विरोध एवं. भत्र्सना गर्दछौं । यसका साथै बढाइएको मूल्य तत्काल खारेज गरी पूरानै मूल्य कायम गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?