काठमाडौं– सिंगापुरमा उपचार गराएर फर्केका प्रधानमन्त्री केपी शर्मा ओली फेरि बिरामी परेका छन् । उनी बिरामी परेपछि नेकपाको बिहीबारका लागि निर्धारित सचिवालय बैठक शुक्रबारसम्म स्थगित भएको छ ।
ओली १० दिन सिंगापुरमा उपचार गराएर सोमबार फर्केका थिए । उनको स्वास्थ्य अवस्थालाई लिएर चिकित्सकहरूले थप छलफल गरिरहेका छन् । उनीहरूले औपचारिक रूपमा केही जानकारी बाहिर ल्याएका छैनन् । प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्यासिंह शाहले पनि कुनै खुलासा गरेकी छैनन् । ‘थप उपचारका लागि प्रधानमन्त्रीलाई फेरि सिंगापुर लैजाने तयारी हो ?’ भन्ने जिज्ञासामा प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘त्यसबारे कुनै छलफल भएको छैन । उहाँलाई ज्वरो आएकाले बैठकमा सहभागी हुन नसक्नु भएको हो ।’ कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया