सैन्य कारबाहीमा तालिबानका कमाण्डर मारिए

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भएको एक सैन्य कारबाहीको क्रममा तालिबानका प्रमुख कमाण्डर मवलावी क्युद्रातुल्लाह मारिएका छन् ।

शुक्रबार सेनाले प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको छ । तालिबानको कमाण्डर क्युदरातुल्लाह लोगार प्रान्तमा भएको एक कारबाहीको क्रममा मारिएका हुन् ।

लोगार प्रान्तको प्रान्तीय राजधानी पुल ए अलामको बाहिरी इलाकामा रहेको पादखाव जिल्लामा अफगान विशेषबलले गरेको एक कारबाहीको क्रममा ती कमाण्डर मारिएका जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रायः अशान्त भईरहने लोगार प्रान्तमा क्युद्रातुल्लाह आतङ्ककारी आक्रमणमा सलग्न रहदै आएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?