केन्द्रको विषयलाई लिएर पन्चकन्या गाउँपालिकामा लफडा

काठमाडौं । नुवाकोटको पन्चकन्या गाउँपालिकाको केन्द्रको बिवाद पुन: बल्झिएको छ । तत्कालीन राज्य पुनःसंरचना आयोगको निर्णय अनुसार साबिक भद्रुटार,कबिलाश र पन्चकन्या गाबिसको संगमस्थलमा गाउँपालिकाको केन्द्र राख्न तत्कालीन सरकारले राजपत्रमा कायम गरेको केन्द्र मोठभञ्ज्याङ तोकेको थियो ।

स्थानीय निर्वाचन पश्चात् निर्वाचित जनप्रतिनिधिले बहुमतको आडमा अन्यत्र सार्न लागिएको भन्दै नेपाली कांग्रेस नुवाकोटले गाउँपालिका कार्यालय घेराउ गरी नसार्न दबाब दिएको छ ।

गाउँपालिकाको गाउँसभाले केन्द्र सार्ने निर्णय गर्न लागेको भन्दै नेपालि कांग्रेसले गाउँपालिकाका अध्यक्षलाई रमेश तामाङलाई ज्ञापन पत्र बुझाएको छ । निर्वाचन पश्चात् निर्वाचित जनप्रतिनिधिले बहुमतको आधारमा एक पटक निर्णय गर्न पाउने प्रावधान रहेकोमा सो प्राबधानको प्रयोग गरेर गाउँपालिकाको केन्द्र मोठ्भन्ज्याङबाट लाकुरीभञ्ज्याङ सारि कार्य संचालन समेत भएको थियो ।

तर हाल आएर गाउँपालिकाको केन्द्र दुबै ठाउँमा नराखि आफु अनुकुल हुनेगरी बहुसंख्यक जनतालाइ अपायक पर्ने गरि घलेभन्ज्याङमा केन्द्र राखी कार्य संचालन गरेको भन्दै नेपाली कांग्रेसले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएर कानुन अनुसार काम गर्न आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?