काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न ३३ विभागको टुंगो लगाएको छ।
सबैभन्दा चर्को विवाद रहेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलले नै पाएका छन् ।
स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी थियो ।
खासगरी पूर्वएमालेले पोखरेल र पूर्वमाओवादीले श्रेष्ठको नाममा अडान लिएपछि स्कुल विभाग प्रतिष्ठाको विषय बनेको थियो । स्रोतका अनुसार शुक्रबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा स्कुल विभागको प्रमुखको टुंगो लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया