११ औं कृति अवार्डको नोमिनेसन सार्वजनिक

appharu
0
Shares

काठमाण्डौं । ११ औं कृति अवार्डका ३ मुख्य विधाका ३१ नोमिनेसन सार्वजनिक गरिएको छ ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी विज्ञापन संघले टेक्निकल, क्याम्पेन र मेनस्ट्रिम विधाका विभिन्न ३१ वटा नोमिनेसन सार्वजनिक गरेको हो ।

संचार उद्यमीहरु, व्यबसायीहरु तथा विज्ञापनकर्मीको साझा कार्यक्रमको रुपमा कृति अवार्डलाई लिने गरिन्छ। आगामी भदौ १३ गते होटल सोल्टीमा अवार्ड वितरणको कार्यक्रम हुँदै छ।

शुक्रबार सार्वजनिक भएको नोमिनेसनमा टेक्निकल विधाका विभिन्न ९ शिर्षकमा प्रतिस्पर्धा हुनेछ भने क्याम्पेन विधाको विभिन्न १५ शिर्षकमा प्रतिस्पर्धा हुँदै छ । यस्तै मेनस्ट्रिम विधाका विभिन्न ७ शिर्षकमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?