काठमाडौं । सिस्नुपानी समूहले कुंज नाटक घरमा ‘खाइजात्रा’ प्रस्तुति सम्पन्न गरेको छ ।
सिस्नुपानी नेपाल, कुंज नाटकघर र आरम्भको आयोजनामा भएका कार्यक्रममा २१ जना कविले आफ्नो प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा देशका राजनीतिक, सामाजिक, आर्थिक विसंगतीविरुद्ध कविहरूले आ–आफ्ना प्रस्तुति दिएका थिए ।
कार्यक्रममा पप्पु बस्यालले स्वागत गर्दै मादल र गीतारको आवाज निकालेर दर्शकलाई आश्चर्य बनाउनुभयो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेर बहादुर देउवा, रामचन्द्र पौडेललगायतका नेता तथा कलाकारको नक्कल गर्दै दर्शकलाई मनोरंजन दिलाउनुभयो ।
कार्यक्रममा चट्याङ मास्टरले रक्सी महात्म्य शीर्षकको कविता सुनाउनुभयो । ललिता दोषीले लेखकहरूमाथि व्यङ्ग्य गर्दै ‘क्या क्या कोर्छौ’ शीर्षकको कविता प्रस्तुत गर्नुभयो ।
बालचन्द्र मिश्र, टेकबहादुर कोइराला, पुण्य आचार्य, केरा अर्याल, बमबहादुर धिताली, डिल्लीराम दाहाल, अर्जुन पराजुली, सुमी लोहनी, नरनाथ लुइटेल, डम्बर घिमिरे, प्रेम ओली, द्वारिका कुइँकेल, थरेन्द्र बराल सहितको टोली, हरिकला उप्रेती, लक्ष्मण गाम्नागे, टंक आचार्य र चक्र दवाडीले आफ्ना प्रस्तुति दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया