एजेन्सी । हलिउड अभिनेता पिटर फोन्डाको ७९ वर्षको उमेरमा निधन भएको छ ।
सन् १९६९ को बहुचर्चित चलचित्र इजी राइडरका अभिनेता फोन्डाले इजीको कथा लेखक मध्ये उहाँपनि एक हुनुहुन्थ्यो र चलचित्रका निर्माता पनि हुनुहुन्थ्यो ।
फोक्सोको क्यान्सरका कारण उहाँको स्वास प्रस्वासमा समस्या भएको र सोही कारण निधन भएको परिवारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उहाँको लस एन्जलसमा रहेको घरमै निधन भएको हो । पिटरले इजी राइडरबाट वेस्ट ओरिजिनल स्क्रिन–प्लेका लागि ओस्कार अवार्डका लागि मनोनित बन्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया