विवाह गर्छु भन्दै १३ वर्षीय बालिका बलात्कार गर्ने योगेन्द्र पक्राउ

काठमाडौं | भोजपुरमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ टेलीयाका ३१ वर्षीय योगेन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ |

विकलाई अरुण गाउँपालिका–७, की १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

विकले गएको साउन २८ गते राति जनश्रम प्राथामिक विद्यालय जरायोटारमा लगेर बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

केही समय अगाडिबाट चिनजान भइ बोलचाल गर्न थालेका विकले बालिकालाई विवाह गर्ने बहानामा बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बालिकाको जिल्ला अस्पताल भोजपुरमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका विकमाथि जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?