जीप दुर्घटनामा परि पत्रकार डायलसन अधिकारीको मृत्यु, चार जना घाइते

appharu
0
Shares

कामठमाडौं । सप्तरीमा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप गाउँपालिकामा भएको जीप दुर्घटनामा परि अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बा १६ च २२३५ नम्बरको जीप आज(शनिबार) बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटनामा परेको थियो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ३५ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत थिए । पत्रकार अधिकारीसहितको टोली तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि पूर्वतर्फ जाँदै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?