नवलपरासीको भत्किएको पुल सात दिनभित्रै बन्छ : मन्त्री महासेठ

appharu
14
Shares

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुविर महासेठले विभिन्न मुख्य राजमार्ग अन्तर्गतका सडक तथा पुलहरुको निरिक्षण गर्दै पूर्व पश्चिम राजमार्गअन्र्तगत नवलपरासीको अरुणखोलाको भाँचिएको पुल सात दिनभित्र सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

मध्यविन्दु नगरपालिकाको अरुणखोला पुलमा बुधबार बिहान ट्रक ठोक्किँदा पुल भाँचिएको थियो तर २४ घण्टामै डाईभर्सन निर्माण गरि आवतजावत सहज पारिएको थियो ।
करिब दुई मिटर तल लच्किएको पुलको विकल्पमा डाईभर्सन निर्माण गरिएको थियो । पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएकाले बैकल्पिक बाटोको रुपमा बनाइएको सो डाईभर्सनबाट दुईतर्फि सवारी साधन ओहोरदोहोर गर्न मिल्ने गरी निर्माण गरिएको छ ।

यसैबिच वर्षातका कारण अवरुद्ध भएको यातायातसेवा सूचारु गर्न निर्देशन दिँदै मन्त्री महासेठले हुलाकी राजमार्गअन्र्तगतका सडक तथा पुल, मदनभण्डारी राजमार्गका विभिन्न सडक तथा अन्य आयोजनाहरुको निरिक्षण गरी असहज बाटोहरु मर्मतसम्भार गरी जनतालाई सहज रुपमा आवतजावतको वयवस्था मिलाउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनुभएको हो ।

निरिक्षणमा सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशब कुमार शर्मा, सहसचिव गोपाल मिश्र लगायत जानुभएको थियो ।

लोकपथमा यसअघि प्रकाशित यो समाचार तथा भिडियो हेर्नुभएको थियो ?

मधेशको विकास नभएसम्म देशको विकास सम्भव छैन :मन्त्री महासेठ

मन्त्री महासेठको अठोट : गुणस्तरहिन काम गर्ने ठेकेदारलाई अन द स्पट कारबाहि (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?