उत्तरी अफगानिस्तानमा बम बिस्फोट, ९ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त धरापमा एउटा मिनिबस परेको थियो ।

प्रान्तीय प्रहरी उपप्रमुख अब्दुल रजाक क्वादिरीले बाल्ख प्रान्तको दलत अबाद जिल्लामा मिनिबसलाई लक्षित गरी भएको आक्रमणमा नौ जना निर्दोष व्यक्ति मारिएको जानकारी दिनुभयो ।

मृतक र घाइतेलाई स्थानीय जिल्ला अस्पतालमा लगिएको छ । घटनामा केही व्यक्ति गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने पनि रजाकले बताउनुभयो ।

उहाँले आक्रमणमा तालिबान समूह जिम्मेवार रहेको दाबी गर्नुभयो ।

तालिबान समूहले सुरक्षा फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याउने गरेका छन् । यस्ता बिस्फोटबाट सामान्यतया सर्वसाधारणको मृत्यु बढी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?