सवारी साधनहरुको कुम्भ मेला: नाडा अटो सो भदौ १० देखि सुरु

काठमाडौं । यो वर्षको सवारी साधनहरुको कुम्भ मेला अर्थात् नाडा अटो सो भदौ १० देखि सुरु हुने भएको छ ।

नाडा अटो मोबाईल्स नेपालले आईतबार पत्रकार सम्मेलन गर्दै नाडा अटो साकोे १४ औं संस्करण भदौ १० देखि १६ गते सम्म हुने जानकारी दिएको हो । आयोजकले यो अटो सोमा बिगतमा भन्दा धेरै सहभागिता हुने बताएको छ ।

यो वर्षको प्रदर्शनीमा ४ पाँग्रेका २३ वटा ब्राण्डका गाडीहरुको प्रदर्शनी हुनेछ भएको छ । यस्तै अटो सो मा १९ वटा ब्रान्डका २ पांग्रे १२ वटा ब्रान्डका लुब्रिकेंट लगायतको सहभागिता हुने मेला आयोजक समितिका संयोजक निराकार श्रेष्ठले जानकारी दिनु भयो। मेलामा बीमा कम्पनि,बित्तिय संस्थाका छुट्टाछुट्टै स्टल रहने पनि संयोजक श्रेष्ठले जानकारी दिनु भयो ।

यो वर्षको प्रदर्शनी अन्य वर्षहरु भन्दा विशाल र भव्य हुने आयोजकले दावी गरेको छ । यस ब्यबसाय सँग सम्बन्धित ब्यबसायी तथा सेवामुलक संघ संस्थाको चासो र सहभागिता हरेक वर्ष बढ्दै गएको छ ।

सवारी साधन सम्बन्धि चासो राख्ने ग्राहक र ब्यबसायीलाई आवश्यक सम्पूर्ण जानकारी यो मेलामा पाइने संयोजक श्रेष्ठले दावी गर्नु भयो । यो मेलामा विद्युतीय सवारी र विभिन्न सवारीका हाईब्रिड मोडल उत्पादन गर्ने ५ वटा कम्पनीहरुले सहभागिता जनाउने भएका छन् ।

नेपालमा लोड सेडिंगको अन्त्य भइ बिद्युत आपूर्ति नियमित हुनथाले पछि सरकारले पनि विद्युतीय सवारीको आयात तथा खरिद बिक्रीमा खुकुलो नीति बनाएको छ ।

यो वर्षको प्रदर्शनी भृकुटीमण्डपको प्रदर्शनी स्थलसँगैको खुला ठाउँ संगै बँगैचामा पनि हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?