लोडसेडिङ हटाएर चर्चा कमाएका कुलमानले वार्षिकोत्वसको अवसरमा के–के भने ?

appharu
0
Shares

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चुहावटलाई न्यूनीकरण गर्दै विद्युतिकरणको महाअभियानमा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्राधिकरणको ३४ औ बार्षिकोत्सवका अवसरमा आईतबार राजधानी काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले प्राधिकरणले टार्गेट पुरा गर्दै गएकाले आगामी बर्षमा हरेक चुनौतिहरुको सामना गर्दे जाने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले चालू आर्थिक बर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युतिकरण गराउनुको साथै आगामी ४ बर्षमा सबै जिल्लामा विद्युत्को पहुँच पुर्याउने प्राधिकरणको लक्ष्य चुनौतीपूर्ण रहेपनि सबैको सहयोग र सहकार्यमा संभव गराउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

सरकारी लक्ष्य पुरा गर्न प्राधिकरणको प्रणाली र नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरण गर्न लागिएको पनि उहाँले स्पष्ट पार्नुभयो । गत आर्थिक बर्षमा टार्गेट गरे भन्दा बढी मुनाफा कमाएको भन्दै उहाँले चालु आर्थिक बर्षमा ८ अर्ब माथि मुनाफा कमाउने दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?