जम्मु–कश्मीर मामिलाबारे बल्ल मुख खोल्यो सरकारले

appharu
0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले जम्मु–कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको जनाएको छ । आज(सोमबार) पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले कश्मीर मामिलालाई नजिकबाट नियालेको जनाउनुभएको हो । परराष्ट्रमन्त्री ज्ञवालीले कश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूताबासले काम गरिरहेको जानकारी पनि दिनुभयो । सार्कको अध्यक्ष राष्ट्र समेत रहेको नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको मन्त्री ज्ञवालीले स्पष्ट पार्नुभयो ।

पछिल्लो समय विकसित कश्मीर मामिलामा प्रतिक्रिया नजनाएको नेपाल सरकारले बल्ल मुख खोलेको हो ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले यही अगष्ट ५ मा जम्मु–कश्मीरले पाएको विशेष राज्यको मान्यता खारेजगरेपछि भारत र पाकिस्तानबीच विवाद चुलिएको छ । भारतले संविधानको धारा ३७० लाई निष्प्रभावी बनाएर जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?