‘पार्टी एकता नगरेको भए हुन्थ्यो’ भन्ने भनाईको अपव्याख्या गरियोः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतामा भ्रम छर्न खोजिएको आरोप लगाउनुभएको छ । आज सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले प्रतिगामी तत्वहरुले पार्टी एकताबारे भ्रम छर्न खोज्दा खोज्दै आफूहरुले पार्टी एकता टुंग्याएको बताउनुभयो ।

अर्को प्रसंगमा अध्यक्ष दाहालले ‘पार्टी एकता नगरेको भए हुन्थ्यो’ भन्ने आफ्नो भनाईको अपव्याख्या गरिएको जिकिर गर्नुभयो । आफूले त्यसो भन्न नखोजेको उल्लेख गर्दै अध्यक्ष दाहालले ‘पार्टी एकता गरिसकेका हौं । अब विकल्प छैन भनेको हो । मिडियामा अपब्याख्या गरियो ।’

‘पार्टी एकता गर्नु गल्ती भयो भनेर प्रचार गरियो । जुन गलत हो,’ दाहालले भन्नुभयो, ‘पूर्व माओवादी, पूर्व एमाले भनेर माथापच्ची गर्नुको अब अर्थ छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?