घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द

काठमाडौँ । आज सोमबार नगरकोट बन्द गरिएको छ । चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका हुन् ।

व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी सडकको दायाँबायाँ अवैधरुपमा घर, टहरा निर्माण गरी होटल तथा रेस्टुराँ व्यवससाय सञ्चालन गर्दै आएकाले नगरपालिकाले आइतबार डोजर लगाएर एक सय भन्दा बढी घर टहरा भत्काएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?