ललितपुरमा स्मार्ट सडक बत्ती, एक वर्षभित्रै सक्ने दाबी

काठमाडौं । ललितपुर महानगरपालिकाले एक वर्षभित्रै नगरभित्रका मुख्य सडकमा ‘स्मार्ट लाइट’ (सडक बत्ती) जडान गर्ने भएको छ । महानगरले भारतको क्रम्प्टन इन्टरनेशनल र नेपाली महावीर इन्टरनेशनल जेभीले एक वर्षभित्र बत्ती जडानको काम सक्नेगरी सम्झौता गरेको हो । कम्पनीले ५ करोड २० लाख रुपैयाँमा लिएको ठेक्का ६ महिनाभित्रै काम सक्ने दावी गरेको छ ।

रातको समयमा सर्वसाधारणको आवतजावत सहज र सुरक्षित बनाउन स्मार्ट लाइट जडान गर्न लागिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु मर्हजनले जानकारी दिनुभयो । सडक बत्तीमा महानगरको खर्च घटाउन र वैज्ञानिक तवरले व्यवस्थापन गर्न स्मार्ट प्रणाली रोजिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?