ओप्पोले एफसी बार्सिलोनासंग तीन बर्षिय पार्टनरसिप नविकरण गर्यो

काठमाडौं । स्मार्टफोन ओप्पोले एफसी बार्सिलोनासंग तीन बर्षिय पार्टनरसिप नविकरण गरेको छ । सोहि अवसरमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १० एक्स जुम सिरिज पनि बार्सिलोनामा सार्वजनिक गरेको छ ।

यो नविकरणसंगै चिनिया र यूरोपियली फुटबल क्लबबीच भएका सहकार्य मध्यकै सर्वाधिक लामो चार वर्षिय सफल गठबन्धनलाई पुनः निरन्तरता मिलेको जनाइएको छ ।

ओप्पोका ओभरसिज बिजनेस अध्यक्ष तथा ग्लोबल उपाध्यक्ष एलेन वुले बजार विस्तारसंगै ओपोका लागि स्पेन र यूरोपेली बजार अभिन्न क्षेत्रका रुपमा स्थापित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नो दरिलो उपस्थितीका लागि उपभोक्तासंग राम्रो सम्बन्ध स्थापित गर्नुपर्ने आवश्यकताबारे पनि हामी विशेष सचेत छौँ । यसैका लागि आज हामीले चमत्कारिक रंग गार्नेट र ब्ल्यू फरफराएका हौँ ।”

नविकरण गरिएको पार्टनरशिपमा ईन–स्टेडियम सिग्नेज, ट्रेनिङ क्याम्प्स, फ्यानहरुका लागि वर्कशप, रचनात्मक अनलाइन र अफलाइन फ्यान ईन्गेजमेन्ट क्रियाकलाप लगायत समाविष्ट छन् ।

पार्टनरशिपमा समाविष्ट यी कुराहरुले “बारका” फ्यान्सलाई क्लब र ओपोका उत्पादनको नजिक ल्याउँदै समुदायलाई अझ सुदृद्ध बनाउन प्रेरणा प्रदान गर्ने तथा प्याशन, रचनात्मकता, नवप्रबर्तन र उत्कृष्टता प्रतिको हाम्रो मान्यतामा अडिग रहन समेत सघाव पुग्ने हाम्रो विश्वास छ”,ओप्पोका ग्लोबल मार्केटिङ डिरेक्टर डेरेक सनले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?