नुवाकोटमा एक युवक मृत फेला, हत्याको आशंका

काठमाडौं । नुवाकोटमा एक युवक मृत फेला परेका छन् । नुवाकोटको तादी गाउँपालिका वडा ३ भोर्ले खोलामा २३ वार्षिय विजय कट्टेल मृत फेला परेका हुन् ।

सोमबार बिहान भोर्ले खोलाको सडकदेखि करिव १५/२० मिटर तल धान खेतमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । बिहान बसमा सवार एक यात्रुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी र स्थानीयवासी घटनास्थल पुगेका हुन् । अहिले मृतकलाई पोष्टमार्टमको लागि विदुर लगिएको प्रहरीले जनाएको छ ।

मृत युवक तादी गाउँपालिका २ बाह्रबिसे निवासी २३ वार्षिय विजय कट्टेल हुन् । मृतकका बुवाआमा रामबाबु कट्टेल र दुर्गा कट्टेलले छोराको हत्या भएको आशंका गरि छानबिनको माग गरेका छन् । मृतकको शरीरको अगाडी पछाडि भागमा निलडाम, अनुहार चिन्ने नसक्ने अवस्थामा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?