बिना दर्ता बिक्री भएका १ हजार औषधि फिर्ता गर्न ताकेता

appharu
0
Shares

काठमाडौं– बिनादर्ता धमाधम बिक्री भइरहेका झण्डै एक हजार औषधि बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले ताकेता गरेको छ ।
विभागले दर्ता नभएका औषधि बिक्री गरे औषधि पसलको प्रमाणपत्र खारेज गर्नेसम्मको चेतावनी दिएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रहरीको एक दिनः १ लाख १५ हजार किलोमिटर पैदल गस्ती
काठमाडौं– नेपाल प्रहरीले दैनिक ७ हजार ३ सय ५० जना प्रहरीमार्फत १ लाख १५ हजार ३०२ किलोमिटर गस्ती गर्ने गरेको एक तथ्यांकले देखाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले तयार गरेको तथ्यांकले सरदर ७ हजार तीन सय ५० जना प्रहरी दैनिक एक लाख १५ हजार ३०२ किलोमिटर पैदल गस्तीका लागि परिचालित हुने गरेको देखाएको हो ।
यस्तै दैनिकरुपमा ४ हजार ४ सय ३ जना प्रहरी सवारी गस्तीमा निस्किने गरेका छन् । आजको राजधानी दैनिकमा  खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?