नेकपाका प्रदेश २ अध्यक्ष साहले किन दिए राजीनामा ?

काठमाडौं । सत्तारुढ दल नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिनुभएको हो ।

स्थायी कमिटी सदस्यका दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि असन्तुष्ट हुनुभएको थियो । प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उहाँलाई भूमिकाविहीन बनाइएको थियो ।

प्रदेश सदस्यहरुको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि पनि असन्तुष्ट हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?