पुडासैनी आत्महत्या प्रकरण: अस्मिता कार्कीको बयान यस्तो, आज अदालत लगिदै

काठमाडौं । गत साउन २० गते चितवनको होटल कंगारुमा झुण्डिएको अवस्थामा फेला परेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा थप अनुसन्धानका लागि गत ३० साउन २०७६ मा काठमाडौंबाट नियन्त्रणमा लिएकी अस्मिता कार्की र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संवाददाता युवराज कँडेलसँग बयान लिएको छ।
पत्रकार पुडासैनी मृत्यु प्रकरणमा चितवन प्रहरीले रवि लामिछानेसहित तीनजनाविरुद्ध अदालतबाट म्याद लिएर आत्महत्याका दुरुत्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार युवराजसँग लिखित र अस्मितासँग भिडियो बयान लिइएको छ।
अस्मिताले प्रहरीसँग बयान दिँदै भनेकी छिन् सडक दुर्घटनामा मृत्यु भएका मेरा पूर्वप्रेमीसँग सालिकरामको अनुहार मिल्थ्यो । अनुहार मिलेकाले नै शालिकरामलाई सामाजिक सञ्जाल फेसबुकमा फे्रन्ड किवेस्ट पठाएकी थिएँ । उहाँले एसेप्ट गर्नुभयो । फेसबुक चलाइरहँदा शालिकरामको फोटोसहित ‘पिपुल मे यु नो’ भन्ने देखेपछि अनुरोध पठाएको उनले उल्लेख गरेकी छिन्।

‘फेसबुकमा साथी भएपछि कुराकानी हुन थाल्यो। बयानमा उनले भनिन् । त्यसपछि सालिकरामसँग निकटता बढ्यो’, अस्मिताले प्रहरी बयानमा भनेकी छिन्, ‘पछिल्लो समय प्रेम सम्बन्धमा थियौं।’ यो कुरा साँचो हो ।
मृतक पुडासैनी विवाहित पुरुष हुन् । उनको पछिल्लो समय उनी कार्कीसँग प्रेम सम्बन्धमा थिए ।
आत्महत्या अघि रेकर्ड गरिएको भनिएको भिडियोमा उनले न्यूज ट्वान्टी फो टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँग’ प्रस्तोता रवि लामिछाने र टिमका युवराज कँडेल अनि प्रेमिका अस्मीताका कारण आत्महत्या गरेको भनि भिडियो रेकर्ड गराएका थिए । शालिकरामले एक महिना अघिसम्म रवि लामिछानेको टिममा काम गरेका थिए । रविको टिम छोडेर माउन्टेन टेलिभिजनमा काम गर्न गएकोले कार्यक्रम छोड्ने निष्कर्षमा पुगेपछि ‘सिधाकुरा जनतासँग’कै टोली सदस्यले शालिकरामलाई डिपेन्डेन्टमा अष्ट्रेलिया पठाइदिन ती युवतीसँग भेट गराएको भन्ने कुरा भिडियोमा छ ।
यसैबिच बयानमा सञ्चारकर्मी रवी लामिछानेसँग सोमबार प्रहरीले ३ घण्टा बयान लिएको छ । अहिले आरोपितहरुको म्यासेज बारे वृस्तितमा अध्ययन भइरहेको छ ।

पत्रकार पुडासैनी विदेश नगई माउन्टेन टेलिभिजनमा कार्यक्रम सुरु गरेपछि अस्मीता र उनीबिच दुवैबीच खटपट सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बाहिरीएको म्यासेजमा पनि पुडासैनीले आफूले डिप्रेसनको औषधी खाएको र डाक्टरले डिप्रेसन भएको भन्ने प्रेस्क्रिप्सन लेखेको सम्म को म्यासेज लेखेका थिए । पुडासैनी माउन्टेन टिभिमा गएपछि अस्मिता शालिकरामविरुद्ध ‘सिधाकुरा जनतासँग’ मा पुगेको तथा बाहिरको मानिसले पुडासैनीलाई अब तिमीलाई फसाउँछन् भन्ने किसीमको पोल लगाएको हुनसक्ने र उनले आफ्नो विवाहेत्तर सम्बन्धको बारे बाहिर थाहा हुने भएपछि आत्महत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । उसो त मृतक शालिकराम पुडासैनीको मोबाइलबाट सबै डाटा रिकभर
चितवन प्रहरीको अनुरोधमा प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब (डिएफएल) ले २० साउन २०७६ मा मृत्तक शालिकरामका साथबाट बरामद मोबाइलका सम्पूर्ण डाटा रिकोभर गरेको छ। शालिकरामले प्रयोग गरेको मोबाईल उनी झुण्डिएको ठाउँमा उनैको साथमा फेला परेको थियो । उक्त मोबाइल सञ्चालन भएदेखिका डाटाहरु रिकभर गरिएका छन् । पहिला–पहिला मेटाएका फोटो, अडियो र भिडियो समेत रिकोभर गरिएको छ ।
‘अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार मोबाइलमा भएका सबै डाटा रिकोभर भएका छन्। मुद्दाको अनुसन्धानसँग जोडिएका प्रमाण ठहरिने विषय मात्र प्रहरीले हेर्छ । अनावश्यक विषय वा घटनासँग नजोडिएका विषय सुरक्षित रुपमा प्रहरीसँगै हुनेछ ।
प्रहरीले विज्ञ टोलीले तीनैजनालाई फरक समयमा बयान लिने रणनीति बनाएको छ।
बाहिरीएको भिडियोमा नाम लिएको आधारमा उनीहरु तीनजनाविरुद्ध अदालतबाट म्याद लिएर आत्महत्याका दुरुत्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ।

‘बयानमा बाझिएका विषयमा थप अनुसन्धान हुन्छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भनछन्, ‘यो घटनाभन्दा बाहिरका कतिपय विषय पनि खुलेका छन्।’
प्रहरीकाअनुसार रवि लामिछानेसँग पनि आजै प्रारम्भिक बयान लिइनेछ। प्रहरीले तीनैजनाको प्रारम्भिक बयानसहित मंगलबार चितवन जिल्ला अदालतबाट थप अनुसन्धान म्याद लिन तयारी गरेको छ।
‘मृत्तकको कल डिटेल आएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘मंगलबार थप तीनजना प्रतिवादीको कल डिटेल लिएर अनुसन्धान जारी रहन्छ।’

यसैबिच हिजोमात्रै उनले कपडा सुकाउन भन्दै डोरी किनेर त्यसैमा झुण्डिएको फेला परेको थियो ।
शालिकरामले घटना हुनभन्दा केही घण्टा अघि चितवनको पोखरा बसपार्कस्थित होटल कंगारु नजिकै रहेको होलसेल पसलबाट पाँच मिटर नाइलनको डोरी खरिद गरेको फूटेज फेला परेको थियो । उनी पसलमा गएको संवाद गरेको पसलेले डोरी दिन नमानेको कुरा गरेका हाउभाउ सिसिटिभी फूटेजमा रेकर्ड भएको भिडियो बरामद भएको थियो ।

२०७६ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यही कानुनका आधारमा प्रहरीले सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। आज उनीहरुलाई म्याद थप्न लैजाने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?