सिंहदरबार भित्रै कर्मचारी मृत फेला परेपछि …

काठमाडौं। सिंहदरबार स्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा एक कर्मचारी मृत अवस्थामा फेला परेका छन्।

मंगलवार कार्यालय खुल्दा आयोगमै कार्यरत स्टोरकिपर बच्चुराम केसी मृत फेला परेका हुन् । केसी मृत फेला परेपछि परेपछि अन्य कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए।

आयोगको आफ्नै कार्यकक्षमा एक तलामाथि उनलाई मृत अवस्थामा फेला परेका थिए । प्रहरीले उनको बिष सेवन गरेर निधन भएको अनुमान लगाएका छन् ।

सिंहदरबार स्थित प्रहरी टोली र अपराध अनुसन्धानको टोली समेत अनुसन्धानमा आएको छ। प्रहरीले शव पोष्टमार्टमका लागि लैजाने तयारी गरेको छ। यसका लागि मुचुल्का समेत उठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?