प्रधानमन्त्रीले किन बोलाए अचानक सर्वदलीय बैठक ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । आज (मंगलबार) साँझ बस्ने बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयो गमा पदाधिकारी नियुक्तीका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सहभागिता रहनेछ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाइरहेको छ ।

यसअघि प्रधानमन्त्री ओलीले गत आइतबार संसदमा सम्बोधन गर्दैसंक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगहरूको टुंगो एक सातामा लगाइसक्ने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?