सांसदले किन ज्योतिषीलाई पनि लाइसेन्स दिनुपर्छ भने ?

काठमाडौं । प्रतिनिधिसभामा सांसदले ज्योतिषीलाई पनि लाइसेन्स दिएर कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । आज मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विमला विश्वकर्माले महिनामा ३ लाख रुपैयाँसम्म कमाउने ज्योतिषीलाई लाइसेन्स दिएर कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको हो ।

अन्य विषय पढेकाले लाइसेन्स लिएर मात्र व्यवसाय गर्न पाउने व्यवस्था भएपनि ज्योतिषी गर्नेहरुलाई निगरानी गर्ने कुनै निकाय नभएको सांसद विश्वकर्माको भनाई छ ।

उचित नियमन नभएकाले नै पछिल्लो समय ज्योतिषी पेशामा थुप्रै बेथिती देखिएको भन्दै उहाँले निश्चित योग्यता पुगेका ज्योतिषीलाई मात्र लाइसेन्स दिनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?