काठमाडौं । प्रदेश नं ३ प्रदेशसभाको बैठक यही भदौ ८ बजे दिनको २ बजे बस्ने भएको छ । उक्त दिन बस्ने बैठकमा सार्वजनिक निजी सहकारी, साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश यातायातसम्बन्धी व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ छलफलका लागि प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले राससलाई बताउनुभयो ।
सोही दिन बस्ने बैठकमा प्रदेश मामिला समिति तथा अन्य समितिबाट पारित भइआएका चार प्रतिवेदन पनि छुट्टाछुट्टै प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले ०७६/०७७ का लागि गत असार १२ गते प्रस्तुत गरेकोे बजेट पारित गरिएपछि बैठक स्थगित गरिएको थियो ।
– रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया