सिंहदरबारभित्र मृत फेला परेका केसी दोहोर्याएर किन गए अफिस ?

काठमाडौं। सिंहदरबार स्थित राष्ट्रिय योजना आयोगको कार्यालय भित्र मृत फेला परेका स्टोरकिपर बच्चुराम केसी सोमबार राति कार्यालय देखिएको छ।

कार्यालय समय सकिएर ५ बजे घर गएका केसी पुन: राति ८ बजे कार्यालय फर्किएको राष्ट्रिय योजना आयोगको सिसिटिभी फुटेजमा देखिएको हो ।

केसीको शव आयोगको मिटिङ हलमा फेला परेको थियो । उनको शव भेटिएको ठाउँमा बान्ता गरेको देखिएकोले विष सेवन गरि आत्महत्या गरेको आशंका गरिएको छ । शव परिक्षणपछि मात्र घटनाबारे सार्वजनिक हुने प्रहरीले जनाएको छ ।

सिंहदरबार भित्रै कर्मचारी मृत फेला परेपछि …

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?