नेपाल–भारत संयुक्त आयोग बैठकमा १९५० को सन्धिबारे छलफल हुन्छः डा. भट्टराई

appharu
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बुधबारबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्धिपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने जानकारी दिनुभएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उहाँले नेपाल–भारतबीच बहुपक्षीय, फराकिलो र नजिकको सम्बन्ध रहेकोले छलफलको लागि धेरै विषयहरु रहेको उल्लेख गर्नुभयो ।

उहाँले भारत र नेपाल दुवै देशमा स्थिर सरकार आएकोले दुई देशबीचको सम्बन्ध सुमधुर र सवल हुने राम्रो आधार तय भएको विश्वास दिलाउनुभयो । भारतसँग नेपालको ऐतिहाँसिक सम्बन्ध रहेको सुनाउँदै सल्लाहकार भट्टराईले आगामी दिनमा अझै सिर्जनात्मक र सकारात्मक दिशातर्फ डोर्याउनेगरि छलफल केन्द्रित हुने बताउनुभयो ।

उहाँले सिमा, डुबानलगायत १९५० को सन्धि र ईपिजीको प्रतिवेदनबारे पनि छलफल हुन्छ । डा. भट्टराईले वर्तमान सरकार आजको युग र परिवेश सुहाउँदो विदेश सम्बन्ध बनाउनको लागि लागिपरेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?