जब बाबुले २ वर्षीय छोरालाई आगो झोसे …

काठमाडौं । धादिङमा आफ्नै श्रीमती र छोरालाई तेल छर्किएर आगो लगाई हत्या प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिद्धलेख गाउँपालिका १ धारापानीका जिवेश लम्साल रहेको प्रहरीले जनाएको छ ।
लम्सालले आफ्नै श्रीमती २५ वर्षीया बिमला लम्साल र २ वर्षीय छोरालाई तारपिनको तेल छर्की आगो लगाएका हुन् ।

घरायसी झगडाको कारण लम्सालले श्रीमती र छोरालाई तारपिनको तेल छर्की आगो लगाएको अभियोगमा लम्साललाई प्रहरी चौकी नलाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घाइते दुवै जनाको जिल्ला अस्पताल धादिङवेशीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?