युरोपका विरामी उपचार गर्न नेपाल आउँछन्ः स्वास्थ्यमन्त्री यादव

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धेरै रोगको विश्वस्तरको उपचार नेपालमा सम्भव रहेको दाबी गर्नुभएको छ । प्रतिनिधिसभामा मंगलबार सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उपप्रधानमन्त्री यादवले धेरै रोगको उपचारका लागि विदेश जानु नपर्ने जिकिर गर्नुभयो ।

स्वास्थ्यमन्त्री यादवले नेपालका अस्पतालमा एसियाका मात्र नभई युरोपका विरामी समेत आउने गरेका जानकारी दिनुभयो । विराटनगर, लाहान र नेपालगञ्जमा आँखाका विरामी ८० प्रतिशत भन्दा बढी बाहिरबाट आएका उल्लेख गर्दै उहाँले क्यान्सरका विरामी पनि विदेशबाट आउने गरेको दाबी गर्नुभयो ।

मन्त्री यादवले मिर्गौला प्रत्यारोपण, न्युरो सर्जरीको उपचार पनि नेपालमा विश्वस्तरको रहेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?