किन भयो नेकपा सचिवालय बैठक स्थगित ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठक पर्याप्त तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।

बैठक स्थगित भएपछि अध्यक्षद्वय केपी शर्मा ओली सर्वदलीय बैठकको तयारीमा जुटेका छन् ।

आजको बैठकमा नेता माधव कुमार नेपालले वरीयामा भन्दा संगठनमा भएका नियुक्तिलाई लिएर ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी गर्नुभएको थियो । पछिल्लो समय नेता नेपालले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले संगठनमा एकलौटी निर्णय गरेको भन्दै तीव्र असहमति जनाउँदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?