काठमाण्डौं । आठौं युरोपियन युनियन फिल्म महोत्सव काठमाडौं र पोखरामा आयोजना हुने भएको छ। युरोपियन युनियन नेपालको आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा मंगलबार महोत्सवमा आठ ओटा युरोपेली देशका जम्मा नौ ओटा फिल्म प्रदर्शन हुने जानकारी दिइयो।
अगस्ट २४ देखि २६ सम्म काठमाडौंको राइजिङ मलस्थित क्युज सिनेमा हलमा हुने प्रदर्शनी अगस्ट ३१ देखि सेप्टेम्बर २ सम्म पोखराको मिडटाउन ग्यालेरिया न्युरोडमा हुनेछ।
सन् २०१७ को केन्स फिल्म फिल्म महोत्सवमा प्रदर्शन भएको जोनस कार्पिग्नानो निर्देशित इटालियन ड्रामा ुअ सिआम्ब्राुबाट महोत्सव सुरु हुनेछ।
नेपालका लागि युरोपियन युनियनकी राजदूत एच इ भेरोनिका कोडीले यसअघिका महोत्सवमा नेपाली दर्शकबाट धेरै राम्रो प्रतिक्रिया पाएको बताइन्। महोत्सवको महत्वबारे प्रकाश पार्दै उनले भनिन्, ‘सिनेमा नयाँ विचार, भिन्न संस्कृति र नयाँ दृष्टिकोण प्रदान गर्ने माध्यम हो। हामी जुनसुकै देशका मानिस भए पनि सिनेमाले मान्छेका रुपमा हाम्रा समानताहरुबारे झक्झकाउने र सम्झाउने काम गर्छ।’
कार्यक्रममा बोल्दै उनले युरोपियन युनियनको अन्तर्राष्ट्रिय सम्बन्धमा संस्कृतिलाई युरोपियन युनियन र नेपालबीच सांस्कृतिक सद्भाव बिस्तार गर्ने माध्यमका रुपमा लिइएको जोड दिइन्। नेपाल र राजदूत कोडीले थपिन्, ‘लामो समयदेखि युरोपियन युनियनबीच सुमधुर सांस्कृतिक सम्बन्ध छ। यो महोत्सवले हाम्रो दोहोरो सम्बन्धमा थप सकारात्मक भूमिका खेल्ने विश्वास राखेका छौं।’
समकालीन युरोपियन सिनेमाबारे जानकारी दिने उद्देश्य राखिएको यो महोत्सवमा निःशुल्क सहभागी हुन पाइनेछ। दैनिक तीन ओटा सिनेमा प्रदर्शन हुने महोत्सवमा फ्रान्स, जर्मनी, पोल्याण्ड, स्वीडेन, अष्ट्रिया, युक्रेन र इटालीका फिल्महरु समावेश छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया