रवी लामिछानेकी श्रीमती निकिताले दिइन् प्रमाण किर्ते गर्नेहरु विरुद्ध जाहेरी, के हुन्छ अब ?

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका संचारकर्मी रवी लामिछानेकी श्रीमती निकिता पौडेलले प्रहरीमा जाहेरी दिनुभएको छ ।

उहाँले रवी लामिछानेको मुद्दामा विद्युतीय प्रमाण किर्ते गर्नेहरुको विरुद्ध बुधबार महानगरीय प्रहरी परिसरमा जाहेरी दिनुभएको हो । उहाँले प्रहरी अनुसन्धानमा रहेको भिडियो लगायत प्रमाणका सामग्री किर्ते भएको भन्दै चितवन प्रहरी प्रमुख दान बहादुर मल्ल, जन आस्थाका सम्पादक किशोर श्रेष्ठ, नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्ध किटानी जाहेरी दिनुभएको हो ।

शालिकराम पुडासैनीले मर्नुअघि रेकर्ड गरेको भिडियोमा रवी लामिछानेसहित ३ जनाले आफुलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाएका थिए ।

सो भिडियो सार्वजनिक भएपछी प्रहरीले लामिछानेसहित युवराज कडेंल र रुकु भनिने अस्मिता कार्कीलाई गत साउन ३० गते पक्राउ गरेको थियो ।
यसअघि प्रहरीले अनुसन्धान नपुगेको भन्दै अदालतबाट ५ दिनको समय थप गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?