भारतले जलश्रोत सम्बन्धि सम्झौता पालना नगर्दा नेपालीहरू पीडित

appharu
0
Shares
/fli6«o;efsf ;f+;b zky u|x0f /fli6«o;efsf Ho]i7 ;b:o tf/fb]jL e§af6 cfOtaf/ ;+3Lo ;+;b ejg gofF afg]Zj/l:yt /fli6«o;efsf] ;efxndf /fli6«o;efsf gjlgjf{lrt ;f+;bx? kb tyf uf]kgLotfsf] zky lnFb} . tl:a/M k|bLk/fh jGt, /f;;

काठमाडौं । सत्तारुढ दलका संसदहरुले नेपाल भारत बीच भएको जलश्रोत सम्बन्धि सम्झौता भारत पक्षले पालना नगर्दा नेपालीहरु पिडित बनेको गुनासो गर्नुभएको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा सांसद सुमन राज प्याकुरेल र सांसद कोमल ओलीले नेपाल भारत बीच भएको कोशी सम्झौता गण्डक सम्झौता महाकाली सम्झौता लगायत अन्य सम्झौताको व्यवस्था अनुसार भारत पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पिडित बनेको बताउनु भएको हो ।

सांसद सुमन राज प्याकुरेलले कोशी सम्झौता हुदा बाढी र डुबानले पिडित हुनेहरुलाई क्षतिपुर्ति अनुसार राहत रकम उपलब्ध गराउने सम्झौता भारत पक्षले पालना नगर्दा उदयपुर सुनसरी र सप्तरीका जनता पिडित बनेको बताउनु भयो । सांसद प्याकुरेलले आजबाट सुरुहुने नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल पक्षले यस बिषयमा भारतीय पक्ष सँग बार्ता गर्न माग गर्नु भयो ।

यस्तै बैठकमा बिशेष समय लिएर बोल्दै सांसद कोमल ओलीले नेपाल भारत बीच प्राकृतिक श्रोत बाँडफाँड सम्बन्धि भएका सम्झौता पुनरावलोकन गर्न माग गर्नुभयो । दुई देश बीच हुने सम्झौता विन विनको आधारमा हुनुपर्ने भन्दै जस्रोत,तटबन्ध सडक जस्ता बिषयमा भारतीय पक्ष सँग छलफल गर्नुपर्ने बताउनु भयो । आजबाट सुरु हुने संयुक्त आयोगको बैठकमा सम्झौता कार्यान्वयन गर्ने बिषयमा छलफल गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय सभाको बैठकमा संसदहरुले सरकारको कामकारबाही तथा पछिल्लो समय बहसमा रहेको रवि लामिछाने पक्राउ बिषयमा आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?