काठमाडौं । प्रहरीले श्रोत नखुलेको भारतीय रुपैयाँ सहित ५ जना पक्राउ गरेको छ ।
लमही नगरपालिका-९ जलकुण्डीस्थित पूर्व-पश्चिम राजमार्गबाट श्रोत नखुलेको भारतीय रुपैयाँ १५ लाख ७९ हजार ५ सय ८० र नेपाली नगद ३ हजार ४ सय ९५ रुपैयाँ सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका-२ प्रेमनगर बस्ने ४२ वर्षीय ससे बिक, ३३ वर्षीया मन कुमारी खत्री, रोल्पा त्रिवेणी गाउँपालिका-९ बस्ने ४३ वर्षीय प्रकाश केसी, जाजरकोट बारेकोट गाउँपालिका-८ बस्ने २७ वर्षीय शिव सिंह भनिने पूर्ण बिक र दाङ तुलसीपुर उपमहानगरपालिका-५ बरुवा बस्ने २७ वर्षीया हिरा बिक रहेका छन् ।
ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया