सरकारले किन काट्दैछ चक्रपथका साढे दुई हजार रुख ?

काठमाडौं । चक्रपथको कलंकी–बालाजु–महाराजगञ्ज सडक खण्ड विस्तार अघि बढाउन रुख कटानको तयारी गरिएको छ । सडक विभागले सडक सीमामा पर्ने रुखरुलाई अर्को साताबाट काट्ने तयारी गरेको छ । यस सडक खण्डमा काट्नुपर्ने २ हजार ५७ वटा रुखहरु पहिचान भएका छन् ।

चक्रपथ विस्तार आयोजनाका लागि आगामी वर्षको बजेटमार्फत १ अर्ब ८१ करोड रुपैयाँ छुट्याइएको छ । अब चक्रपथको बाँकी १७ किलोमिटर सडक खण्ड विस्तारका क्रममा सडकको मध्यभागबाट ३१/३१ मिटरमा पर्ने रुखहरु काट्न अहिले विभागले तयारी अन्तिम चरणमा पु¥याएको छ ।

यसअघि कोटेश्वर–सातदोबाटो–कलंकी सडकखण्डमा पनि यसैगरी सयौं रुख काटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?