काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँको भेटवार्ता ‘न्यानो र गहन’ भएको बताउनुभएको छ । बुधबार प्रधानमन्त्री ओलीसँगको भेटपछि जयशंकरले एक ट्वीटमार्फत ओली र आफूबीच न्यानो र गहन वार्ता भएको उल्लेख गर्नुभएको छ । ’प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यानो र गहन वार्ता भयो’, ट्वीटमा जयशंकरले उल्लेख गर्नुभएको छ, ‘कयौँ पूर्वनिर्धारित कार्यक्रमहरुको व्यस्तताबीच पनि मलाई स्वागत गरेकोमा साँच्चिकै उनको प्रशंसा गर्दछु ।’
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगी शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया