दाङ्ग प्रहरीले एक बर्ष अघि एक बैंकमा १७ करोड भन्दा बढि रकम हिनामिनाको आरोप लागेका बैंकका प्रवन्धकलाई पक्राउ गरेको छ ।
साविकको वैष्टन डेभलभमेण्ट बैक र हालको देव विकास बैंकमा तत्कालिन बैंकको प्रबन्धक छँदा ३० बर्षिय समिर बुडाथोकीलाई १७ करोड ९९ सय लाख ९० हजार हिनामिना गरेको कशुरमा लमही बजारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
‘ गत बर्षको बैशाख महिनामा निजले उक्त बैंक मर्ज हुनु अघि उक्त रकम आफ्नो खातामा ट्रान्सफर गरेको देखिन्छ दाङ्गका प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहले भने हामीले यहि भदौं २ गते बैकिङ्ग कसुर मुद्धा दर्ता गरेर उनलाई पक्राउ गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया