बर्दियामा भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौं । बर्दियामा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका-५ बस्ने बल बहादुर थारुलाई भरुवा बन्दुक १ थान र पासो २ थानसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय जयनगरबाट प्रहरीले थारुको घर तलासी गर्ने क्रममा उक्त बन्दुक तथा पासो फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?