प्रहरीलाई २ सय रुपैयाँ घुस दिन खोज्ने युवक पक्राउ

काठमाडौं । प्रहरीलाई घुस दिन खोज्ने एक युवक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१५ सातदोबाटोस्थित डिउटीमा खटिएका प्रहरीलाई नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने नवलपरासी, रजहर बट्टाडी बस्ने २८ वर्षीय सन्तोष परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा खटिएको प्रहरीले ना.६ ख ६७४ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक परियारले उक्त रकम प्रहरीलाई दिन खोजे पश्चात उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?