जाजरकोट । जाजरकोटमा एक जना खुद्रा पसल व्यापारीले १२ सय कर तिर्न १० हजार खर्च गर्नुपरेको छ । जिल्लाको भेरी नगरपालिका–४ मा खुद्रा व्यापार गर्दैै आएकी पशुपति शाहीको १२ सय रुपैयाँ कर तिर्न प्रदेश राजधानी सुर्खेत जानुपरेपछि १० हजार खर्च भएको हो ।
व्यापारबाट सन्तुष्ट भएपनिस्थायी लेखा नम्बर (पान) लिन र कर तिर्न सुर्खेत जानुपर्ने भएपछि शाही जस्तै अन्य व्यवासयीले सास्ती व्यहोर्दै आएका छन् ।
त्यहाँका व्यवसायीहरुले बैंकबाट वा जिल्ला सदरमुकाममा शाखा कार्यालय राखेर राजश्व बुझाउने ब्यवस्था मिलाउन आग्रह गरेपनि सम्बन्धित निकायले आफूहरुको कुरा नसुनेको उनिहरुको गुनासो छ ।
देश संघीयतामा गएपछि सरकार गाउँ गाउँमा पुग्ने र जनताले सहज पग्ने विश्वास गरिएको थियो । तर, जाजरकोटका जनताले जस्तै देशका थुप्रै जनताले यस्तै समस्या भोगिरहेका छन् । त्यसैले सरकारले यस्तो समस्या अन्त्यका लागि उपयुक्त कदम चाल्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया