एक वर्षमा डेढ करोड राजश्व सङ्कलन

काठमाडौं । एक वर्षको अवधिमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले करिव डेढ करोड राजश्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा एक करोड ४५ लाख ५१ हजार ४० राजश्व सङ्कलन भएको केन्द्रका प्रमुख ई सञ्जीवकुमार साहले बताउनुभयो । सो अवधिमा काटिएका विद्युत लाइन, कालो सूची, हुकिङ र मिटर चुहावटमा गरिएको कार्वाहीमा सो रकम सङ्कलन भएको थियो ।

आव २०७५/७६ मा तोकिएको समयभित्र बिलबमोजिम भुत्तानी नदिने ६११ को लाइन काटिएकामा ५९७ जनाबाट एक करोड २६ लाख ६० हजार ९८० असुल गरिएको थियो भने कालोसूचीमा परेका १५२ मध्ये छ जनाले मात्र चार लाख आठ हजार ७६९ जरिवाना बुझाएका थिए ।

यसैगरी ५०२स्थानका हुकिङ हटाएइनाका साथै गरिएको कार्बाहीमा ११ लाख १४ हजार ५६ राजश्व असुुल भएको केन्द्रका प्रमुख साहले बताउनुभयो ।

मिटर चुहावट असुली रकम भने रू तीन लाख ६७ हजार २३५ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?