आज कृष्ण जन्माष्टमी, भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाईँदै

appharu
63
Shares

आज कृष्ण जन्माष्टमी । हिन्दु धर्मावलम्बीले भगवान श्रीकृष्णको पूजा आराधना गर्दै मनाइरहेका छन् । बिहानैदेखि देशभरका कृष्ण मन्दिरहरुमा दर्शनका लागि घुँइचो लागेको छ । आज कृष्ण मन्दिरहरुमा गई भक्तजनले पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेषगरी महिलाहरु रातभर जाग्राम बस्ने चलन छ । बाल्यकालदेखि नै विभिन्न लिला देखाएका श्रीकृष्णले कंस, पुतना, शिशुपालजस्ता दानवको संहार गरेका थिए । कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गर्छ । काठमाडौँ लगायत देशभरका कृष्ण मन्दिरहरुमा झाँकी र शोभा यात्रा निकाल्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारका रुपमा द्वापर युगमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास गरिन्छ ।बासुदेव र देवकीका आठौ सन्तानको रुपमा श्रीकृष्णको जन्म मथुरामा भएको थियो । उनको जन्म मध्यरातमा भएको थियो ।
मध्यरातमा जन्मिएका कारण भाद्र कृष्ण अष्टमीको दिनलाई कृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट संसारलाई मुक्त गराउन द्वापरयुगमा भगवान विष्णुले कृष्णको रुपमा जन्म लिएको धर्मशास्त्रमा उल्लेख छ । श्रीकृष्णले सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको स्मरणमा कृष्ण जन्माष्टमीका दिन हिन्दु धर्मावलम्बीले विशेष श्रद्धापूर्वक उनको पूजाअर्चना गर्ने प्रचलन रहेको छ । त्यसैले यो दिन कुरुक्षेत्रमा कौरबसँगको लडाईमा पाण्डब मध्ये अर्जुनलाई श्रीकृष्णबाट व्यक्त उपदेश श्रीमद्भागवत गीता हिन्दु धर्मको पवित्र ग्रन्थ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?