डोटीमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । डेंगुको संक्रमणबाट डोटीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दीपायल सिलगढी नगरपालिका–६, थापलाकी ४२ वर्षीया छत्र मलासी रहेकी छिन् । उनको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

टाउको दुख्ने,ज्वरो आउने समस्यापछि माया मेट्रो अस्पताल, कैलालीमा भर्ना भएकी मलासीको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?