काठमाडौं । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन्। उनीहरुले चरम मानसिक पीडा खेप्नु परेको भन्दै सामुहिक राजीनामा दिएका हुन् ।
उनीहरुले आफूहरुमाथि विभिन्न बाहनामा पटकपटक स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने जस्ता धम्की दिएको तथा मनोबल खस्काउने काम उपकुलपतिले गरेकाले बाध्य भएर राजीनामा दिएको बताएका छन्।
यस विषयबारे उपकुलपति प्राडा संगीता भण्डारीलाई पटकपटक जानकारी गराएको र काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दा समेत बेवास्ता भएको उनीहरुको आरोप छ।
उनीहरुले उपकुलपतिलाई नै सम्बोधन गरेर सामूहिक राजीनामा दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया